२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसको चर्को आलोचना गरेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कम र कांग्रेसमाथि बढी खनिएका ओलीले कांग्रेसमाथि विभिन्न आरोप लगाएका छन्।

एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले देशलाई समृद्ध बनाउन एमालेले चाहेको भए पनि कांग्रेसले भताभुंग बनाएको आरोप लगाए। ओलीले कांग्रेसले संसदलाई मिचेको आरोप मात्रै लगाएनन्, राजनीतिक निर्णयका लागि संसदलाई बन्धक बनाएको बताए। स्थानीय तह निर्वाचन आउन ५ दिन बाँकी रहेका बेलाले सत्तारुढ दलको आलोचना गरेर मतदातासँग पत्रकार सम्मेलनबाट मत मागे।

आरोप नम्बर १ : राजालाई सत्ता सुम्पने

ओली कांग्रेस नेतृत्वको सरकारविरुद्ध खनिए। कांग्रेसले राजालाई सत्ता सुम्पिएको आरोप पनि लगाए। कांग्रेसले राष्ट्र वैंकमा हस्तक्षप गरेको भन्दै आक्रोश व्यक्त गरे। भने, ‘राष्ट्र वैंकका गर्भनरमाथि हस्तक्षप गर्ने, आधारभुत बस्तु उत्पादन गर्ने उद्योगलाई कौडीको भाउमा मिच्‍ने,
परिवारका सदस्यलाई, नातेदारका लागि योजना रचेर भ्रष्टाचार गर्ने कार्य नेपाली कांग्रेसले गर्ने गरेको इतिहास छ,’ उनले भने।

आरोप नम्बर २ : देशलाई विकास गर्ने नीति छैन
ओलीले कांग्रेस नीतिविहीन भएको पार्टी भएको आरोप लगाए। उनले शिक्षा स्वास्थ्यमा कांग्रेसको भिजन नै नभएको दावी गरे। ‘बेरोजगार, अभाव अन्त्य गरी देशलाई विकास गर्ने नीति कार्यक्रम छैनन्। हुदैन पनि। शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका अत्यन्त्य कमजोर बनाइयो।
जेष्ठ नागरिकको हितमा कुनै काम भएन,’ ओलीको आरोप छ। नेपाली कांग्रेसले जनताको हिताका लागि नीति कार्यक्रम नल्याउने पनि उनको दावी थियो।

आरोप नम्बर ३ : एमालेको नीतिलाई कांग्रेसले मजाक ठान्यो
ओलीको आरोप छ-नेपाली कांग्रेसले एमालेको नीति कार्यक्रमलाई मजाक बनायो। घोषणापत्र कांग्रेसले उडाएको भन्दै ओलीले आलोचना गरेका हुन्।

‘कांग्रेस सरकारको विगतदेखिकै मान्यता हो। कांग्रेसको घोषणापत्रले पनि पुष्टि गर्छ। अचम्म त के लाग्छ भने एमालेका नीति कार्यक्रम मजाक र गफ ठान्छ,’ उनले भने। कांग्रेस जनवादमा विश्वास नगर्ने बताए। लोकतन्त्रको चरम उपहास हुँदा पनि गठबन्धन गरेर कांग्रेस सरकार चलाउन तल्लिन भएको ओलीले बताए।

‘ठिकै पनि हो परिवर, गुट र सत्ता भोग नै हो। देशलाई अनिश्चयको दुश्चक्रमा राखेर शासन गर्न चाहन्छ,’ उनले भने।

आरोप नम्बर ४ : कांग्रेसको आन्तरिक घेराबन्दी बेहोर्नु पर्‍यो
नेपाली कांग्रेसको घेराबन्दी मात्रै नभएर एमालेले भारतको नाकाबन्दीको सामना गरेको उनले बताए। स्थायित्वका लागि कांग्रेस अवरोध भएको उनले बताए। ५/५ वर्षको अवधिमा एमालेलाई विजयी बनाएमात्रै देशमा विकास हुने ओलीको दाबी छ। उनले एमाले देशलाई सर्वश्रेष्ठ बनाउन चाहने दल भएको बताए।

‘एमाले विश्वमै एमालेले सर्वश्रेष्ठ बनाउन चाहन्छ। सबै नेपालीले विकसित देशका नागरिकले उपभोग गर्ने गरि योजना कार्यक्रम तय गर्दछौं।
सरकारी सहकारी क्षेत्रमा लगानी केन्द्रित गर्दछौं। तीन खम्बे नीतिका आधारमा अर्थनीतिलाई प्रतिस्पर्धी बनाउने छौं। निजी क्षेत्रको विकासलाई जोड दिने छौं। निजी क्षेत्रका समस्या समाधान गर्ने छौं। तपाईँहरुका नेका र माकेका जस्तो देशलाई पिरोल्दैनौं घात गर्दैनौं,’ उनले भने। उनले कांग्रेसलाई मतदान गर्ने धारण बनाएकाले पनि एमालेलाई मत गर्नुपर्ने बताए। उनले नयाँ मतदातालाई पनि जीवनलाई विकसित देशका जनताको भन्दा कम नबनाउने भन्दै एमालेलाई मत दिन ओलीले आग्रह गरे।

आरोप नम्बर ५ : कांग्रेस, माओवादी विकास विरोधी
एमाले अध्यक्ष ओलीले सरकारको आलोचनका क्रममा नेकपा एकीकृत समाजवादीको नाम लिएनन्। तर, कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर बनाएको सरकारले विकास विरोधीबाहेक काम नगरेको बताए।

उनले एमाले राज्यको भूमिका प्रभावकारी बनाउन चाहेको बताए। ‘नेकपा एमालेका जनताको हितका लागि राज्यको भूमिका प्रभावकारी बनाउन चाहन्छ। नेकपा एमालेले श्रम व्यवस्थापनलाई उच्चत प्राथमिकतामा राख्‍ने छ। यसमा हामी गर्व गर्दछौं। एकल महिला महिलाका लागि सामाजिक सुरक्षा र सवलिकरण। जेष्ठ नागरिकका लागि उपचार लगायतका कार्यक्रम हामीले ल्याएका हौं। विगतका अनुभवका आधारमा उन्नत खालका कार्यक्रम ल्याउने छौं। अरुले चुनौती मानेका छन् एमाले अवसर देख्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]