०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्रै राष्ट्रियताको पहरेदारी गर्ने दल भएको दावी गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले एमालेले नेपाललाई विश्वकै विकास र सर्वसुलभ देश बनाउन चाहेको बताए।

‘समृद्ध नेपाल सुखी नेपाली बनाउने हाम्रो ध्येय हो। राष्ट्रिय गन्तव तय गरेर अघि बढेमात्रै साकार पार्न सकिन्छ। त्यसका लागि गतिशील संगठन चाहिन्छ,’ ओलीले भने। ओलीले विकासका लागि राष्ट्रिय संकल्पको कार्यान्वयन गर्न भिजनरी राष्ट्रिय शक्ति आवश्यक भएको बताएका छन्। एमालेमा मात्रै आँट र संकल्प भएको ओलीको भनाइ छ।

उनले जहिले एमाले जनताको पक्षमा उभिने पार्टी भएको दाबी गरे।

‘संविधानवादको अभ्यास गर्दा सदा सर्वदा नेपाली जनताको पक्षमा उभिने छौं। त्यतिमात्र होइन समानता र सहिसुष्णतामा आधारित काम गर्छौ। राष्ट्रिय एकतालाई मतजवुत बनाउछौं,’ उनले भने।

राष्ट्रिय एकताको पहरेदारी एमालेले मात्रै गरेको ओलीको भनाइ छ। स्थानीय तहलाई स्वायत्त गर्न एमालेले नै नेृत्व गरेको ओलीले बताए।

कांग्रेसलाई ओलीले संसदलाई कुल्चिएको र राजनीतिक निर्णय गर्नबाट बन्चित गराएको आरोप लगाए। भने, ‘कांग्रेसले संसदको मुल्य मान्यतालाई कुल्चियो। संसदलाई राजनीतिक निर्णय हुने थलो हुन नदिइ बन्धक बनायो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]