०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको गाईखर्क भन्ने स्थानमा लगाइएको लागूऔषध अफिम खेती नष्ट गरिएको छ । शुक्रबार देवीस्थानस्थित गाईखर्कको सार्वजनिक स्थानमा झन्डै पाँच रोपनी जग्गाको लागूऔषध अफिमलाई प्रहरीले नष्ट गरिएको हो ।

गाईखर्कको स्थानमा लागूऔषध अफिमको खेती गरेको भन्ने गोप्य सूचनाको आधारमा अफिम खेतीलाई नष्ट गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) तिलक भारतीले बताउनुभयो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएर गएको म्यादी प्रहरीसहित २८ जनाको टोलीले लागूऔषध नष्ट गरेको उहाँको कथन छ ।

सार्वजनिक स्थानमा कसले अफिमको खेती गरेको हो भन्ने खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको आफ्नै नियमित कार्यक्रम तथा आसन्न चुनावको सुरक्षालाई मध्यनजर गरी सार्वजनिक स्थानको लागूऔषध नष्ट गरिएको बताइएको छ । प्रहरीले आसन्न पालिका चुनावको समयमा हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न पनि सक्रियता बढाएको जनाएको छ ।

यसै गरी, जिल्लाको अन्य ठाउँमा पनि हुनसक्ने लागूऔषधको खेती तथा कारोबारलाई नियन्त्रण गर्न आवश्यक खोजीकार्य र अनुसन्धान भइरहेको डीसएपी भारतीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]