
ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो साढे १ बजे ओखलढुंगाको ठाडेबाट सदरमुकाम आउँदै गरेको ग१त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका-७ बिगुटारका २२ वर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुंगामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भइरहेको बताइएको छ।