०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २३, २०७९

भोजपुरको षडानन्द नगरपालिकास्थित एक घरमा आगो लाग्दा अढाई वर्षीया एक बालिकाको मृत्यु भएको छ। आगोमा परेर बालिकाका आमा–बुवा घाइते भएका छन्।

षडानन्दस्थित बोया बिहीबारे बजार आगलागी हुँदा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार राईका अनुसार आगलागीमा परेर खेममणि र उनकी श्रीमती मिना तामाङ गम्भीर घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

खेममणि तामाङको पसलबाट सुरु भएको आगलागीबाट चार घर जलेर नष्ट भएका छन्। आगलागीबाट खेममणिको पसलसहितको घर जलेर नष्ट भएको छ।

त्यसैगरी स्थानीय डम्बर तामाङको २ वटा घर, हरि गोलेको किराना पसल, अर्जुन तामाङको घर तथा होटल र सूर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर नष्ट भएको डीएसपी राईले जानकारी दिए।

आगलागीको कारण खुलेको छैन। आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]