०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २३, २०७९

विराटनगर – स्थानीय तह निर्वाचनमा मोरङको बेलबारी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको गाडीमा शुक्रबार बिहानका राति आगजनी गरिएको छ। बेलबारी नगरपालिका–२ घर भएका गौतम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरका उम्मेदवार हुन्।

उनले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको बा १२ च ९३८४ नम्बरको कारमा बिहानका राति १:४० बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ। घरमा पार्किङ गरेर राखेको कारमा आगो लागेको देखेपछि छिमेकीले खबर गरेको गौतमले बताए। उनका अनुसार पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर चुनावको प्रचारमा कार प्रयोग गरिँदै आएको थियो। पार्वती पौडेली(विक) उपमेयरकी उम्मेदवार छन्। आगजनीबाट झण्डासहित कारको अगाडि र पछाडिको केही भाग जलेको जानकारी गौतमले दिए।

‘बेलैमा घटना थाहा नपाएको भए कार पूर्ण रूपमा जल्ने थियो। आगोले घरमा पनि क्षति गर्ने थियो,’ उनले भने, ‘छिमेकीले घटनाको जानकारी गराएपछि तत्काल आगो निभाउन सम्भव भएकाले ठूलो घटना हुन पाएन। राजनीतिक चलखेल गरेर सुनियोजित तरिकाले घटना गराएको देखिन्छ।’ गौतमले राप्रपाप्रतिको जनलहर देखेर आत्तिएकाहरु र प्रतिस्पर्धामा आउन नसक्नेहरुले घटना गराएको बताए। बेलबारीमा सामाजिक अभियन्ताको छवि बनाएका गौतम होटल व्यवसायी पनि हुन्।

एक जना नियन्त्रणमा
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार घटनाको जानकारी प्रहरीलाई बिहानका राति २ बजेतिर आएको हो। तत्काल घटनास्थलमा प्रहरी परिचालन गर्दै आगजनी गरेको आरोपमा एक जना युवालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए। प्रहरीले सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई नियन्त्रणमा लिएको हो। पाण्डे नेपाली कांग्रेसनिकट रहेको स्थानीयले बताए। पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सीसी टिभी फुटेजमा प्रष्टसँग देखिएसँगै उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। एसपी कोइरालाले अनुसन्धानबाट घटनाको थप कुरा र वास्तविकता खुल्दै जाने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]