
सप्तरी – के छ खवरका समाचारदाता अजय मण्डल (आदित्य )माथि आज हातपात गरिएको छ ।
स्थानियतह निर्वाचनको बारेमा रिपोटिङ गर्न सप्तरीको रुपनी गाउँपालिका वडा नं. ४ मा गएको बेला उनलाई स्थानिय घुरन इसरले हातपात गरेको पिडित पत्रकार मंडलले जानकारी दिएका छन ।
जनमत पार्टीका वडा अध्यक्ष पदका उमेदवार संतोष इसरका आफन्त पर्ने कमानन्दले पत्रकारहरुको के औकात,त जस्ता पत्रकारहरु मलाई के बिग्रारण सक्छ जस्ता बिभिन्न शब्दहरु र गालीगलोच प्रयोग गरि क्यामरा खोसेको पत्रकार मंडलको भनाई छ ।
यसैबिच हातपात गर्ने इसरलाई कार्वाही गर्न माग समेत गरिएको छ ।