०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

एजेन्सी – दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताउनुभएको छ ।

देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले संसदमा जानकारी दिनुभएको छ । तर सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको छ ।

अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल निस्कने गरेको र बुधबार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलङ्का आइपुगेको उहाँले बताउनुभयो ।

श्रीलङ्काले फेब्रुअरीदेखि डिजेल अभावको सामना गरिरहेको छ जसले गर्दा दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ। अर्थमन्त्री अली साब्रीले बुधबार श्रीलङ्कासँग प्रयोगयोग्य विदेशी सञ्चितिमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]