
जिल्लाको धुलाबारी माविमा बुधबार राति चोरी भएको छ। चेनगेटको ताला काटेर प्रवेश गरेको चोरले लेखा शाखामा भएको २० हजारभन्दा बढी नगद लगेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताए ।
शिक्षक कोठाको ताला काटेर चोर लेखा शाखामा प्रवेश प्रारम्भीक अनुसन्धानले देखिएको धुलाबारी प्रहरीले जनाएको छ। चोरले लेखाको दराज फोडेर नगद लगेको लुइँटेलले जनाए ।
सोही कोठाको टेबुलमा रहेका रहेका चारवटा ल्यापटप भने सुरक्षित छन् । सो कोठामा रहेका अन्य जिन्सी सामान चोरले नचलाएको बताइएको छ।
विद्यालयमा जडित सिसी क्यामेरामा एकजना व्यक्तिले चोरेको देखिए पनि धलिलो फुटेजका कारण पहिचान हुन नसकेको प्रअ लुइँटेलको भनाइ छ। विद्यालयको अरु कोठाका सामग्री र विद्युतीय उपकरण चेक गर्ने कार्य भइरहेकाले अन्य सामग्री लगे नलगेको यकिन भइसकेको छैन ।
सिसी क्यामेरामा एकजना मानिस मात्रै देखिनु र सोही कोठामा रहेका ल्यापटप दुरुस्त रहनुले सम्पूर्ण कुरा जानेबुझेकै व्यक्तिले चोरी गरेको हुनसक्ने प्रअ लुइँटेलको भनाइ छ। यसले कुन दराजमा नगद राखेको छ त्यो समेत जानेको व्यक्तिले चोरी गरेको प्रष्ट हुन्छ।
विद्यालयका रुघालु राति ११ बजेसम्म ड्युटी गरेर अर्को आवसीय भवनमा सुत्न गएपछि चोरी भएको बताइएको छ। धुलाबारी मावि झापाकै बढी विद्यार्थी र सुविधा सम्पन्न नमूना विद्यालय हो।