२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

जनकपुरधाम – धनुषाको कमला नगरपालिका– १ मा माओवादीबाट वडा अध्यक्ष उठेका सर्वदेव यादवका बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको छ । अज्ञात समूहको आक्रमणबाट यादव घाइते भएका छन् । यादवको टाउकोमा धारिलो हतियार प्रहार भएको छ ।

घरमै रहेका बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको माओवादीका स्थानीय नेता शशिकान्त मण्डलले जानकारी दिए ।

आक्रमणमा संलग्न व्यक्तिहरु जसपाका कार्यकर्ता रहेको उनको आरोप छ । उनले भने, ‘जसपाका कार्यर्ताहरुले आफ्नो पार्टीका वडाध्यक्ष उम्मेदवारलाई नै मार्ने उद्देश्यले घरमै पुगेको थियो । तर नभेटेपछि उनका बुवामाथि नै आक्रमण गरिएको छ ।’

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले अपरिचित व्यक्तिले यादवलाई कुटपिट गरेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]