०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

अत्यधिक गतिमा सिन्धुलीबाट काठमाडौं आउँदै गरेको टाटासुमो काठमाडौंबाट भारततर्फ तीर्थयात्री लिएर जाँदै गरेको फोर्स गाडी एक–आपसमा जुद्धा पाँच जनाको निधन भएको छ ।

प्रहरीका अनुसार असीमित गतिका कारण अनियन्त्रित हुन पुगेको सुमो फोर्स गाडीमा गएर ठोक्किएको थियो । ‘सुमोका कारण फोर्स गाडीमा ठक्कर दिँदा सुमोमा सवार यात्रुहरुको निधन भएको छ, सुमोमा सवार पाँच यात्रुमध्ये चालक र आमाछोरासमेत छन्’, प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले भन्नुभयो– ‘ठक्करका कारण सुमो क्षतविक्षत भएको छ । फोर्स गाडीमा पनि क्षति पुगेको छ । साँझसम्म फोर्स गाडीका सञ्चालक प्रहरीको सम्पर्कमा आएका छैनन् ।’

ना१ज ४२१० नम्बरको सुमोमा चढेका सिन्धुलीको कमलामाई नगरपालिका–६ रामपुरका ३० वर्षका विक्रम श्रेष्ठ, खाँडादेवी गाउँपालिका–३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोसी गाउँपालिका–१ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका–४ सिन्धुलीका हरिबहादुर बल रहेका छन् । दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये ३ जनाको अवस्था गम्भीर छ ।

भारतीय नम्बर प्लेटको यात्रुवाहक यूपी५८टी ८१८१ नम्बरको फोर्स गाडी सुमोसँग जुधेको थियो । बीपी राजमार्गको रोसी गाउँपालिका वडा नम्बर ११ मा उक्त दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेको भए पनि दैनिक दुर्घटनाको संख्या थपिएको छ । बीपी राजमार्गमा सुमो, हायस तथा हलुका सवारीसाधनको अत्यधिक गतिका कारण दुर्घटना बढेको प्रहरीले बताएको छ । सुमो चालकको निधन भएकाले दुर्घटनाको अन्य कारण पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]