०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

काठमाडौँ- वर्ष २०७९ सुरु भएपछिको २० दिनमा देशभर विपद्का घटनामा परी १८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाले यस वर्षको पहिलो २० दिनमा २८ करोड २२ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति गरिसकेको छ ।

वैशाख १ देखि २० गतेसम्मको अवधिमा देशभर ३४६ वटा विपद्का घटना रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।

उक्त अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । पछिल्लो २० दिनमा आगलागीका २३३, जङ्गल आगलागीका ४२, हावाहुरीका ३४, चट्याङका २४, जनावरको आक्रमणका ९ वटा घटना रेकर्ड गरिएको थियो ।

विपद्का घटनामध्ये आगलागीमा परी ८, चट्याङ लागेर ६, जनवारको आक्रमणबाट २ र पहिरो र हावाहुरीका घटनामा परी एक/एक जनाको मृत्यु भएको प्राधिकरणले बताएको छ ।

विपद्का घटनामा परी ७९ जना घाइते भएका छन् भने ४७३ परिवार प्रभावित भएका छन् ।

विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीले गरेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो बीस दिनमा आगलागीबाट २६ करोड ३७ लाख ९१ हजार ६ सय रुपैयाँ, जङ्गल आगलागीबाट १ करोड ५ लाख ७० हजार रुपैयाँ, हावाहुरीबाट ७१ लाख ४० हजार रुपैयाँ, चट्याङबाट ४ लाख १३ हजार रुपैयाँ र जनावरको आक्रमणबाट ३ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]