०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

काठमाडौं – घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।

विशेष सूचनाको आधारमा अख्तियारको टोलीले तिवारीलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा तिवारीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]