
भोजपुर- प्रहरीले बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् ।
पीडितको बालिकाको अभिभावकले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।