
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षा बढाइएको छ।
अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको भनेर फोनमा जानकारी आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।
अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ। यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ खुलेको छैन।