०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९
Sorry No Photo is selected hare

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार मंगलबार राति भएको झडपलाई प्रहरीले राति नै तितरबितर पारेर घटना साम्य पारेको थियो ।

झडपमा परी दुवैतर्फका गरी ६ जना घाइते भएको बताइएको छ । नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेले हुप्सेकोट गाउँपालिका अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे चढेको भाडाको गाडी ग ३ च १६०६ नम्बरको स्कार्पियो र लक्ष्मी पाण्डेमाथि सांघातिक हमला भएको बताए ।

नेकपा एमालेबाट हुप्सेकोटका अध्यक्षका उम्मेदवार चेतन रानाले भने पाण्डेमाथि कुनै आक्रमण नभएको र उनले निर्वाचन बिथोल्नका लागि झुटो प्रचार गरेको बताए ।

रानाका अनुसार चुनावी प्रचारबाट एक्लै घर फर्कदै गरेका मनोज गुरुङलाई लक्ष्मी पाण्डेसहित रहेको टोलीले आक्रमण गरेर घाइते बनाएपछि राति दोहोरो झडप भएको हो ।

आक्रमणमा परी कांग्रेसका कार्यकता प्रिन्स मल्ल, जीवन मल्ल लगायतका घाइते भएका छन् भने एमालेका मनोज गुरुङ, हरि केसी र चुडाबहादुर शेरपुन्जा मगर घाइते भएका छन् । उनीहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]