०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २१, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवकको शव मंगलबार फेला परेको छ।

तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपनि फेला परेको हो। गत शनिबार बिहान ११ बजे साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माटोको ढिस्कोले पुरिएपछि स्काभेटर प्रयोग गरेर निजको शव निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए।

निजको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। करिब ४० फिट गहिरो कुवा खन्ने क्रममा चौधरी पुरिएका थिए।

यसैगरी खोलाले बगाउँदा बबई गाउँपालिका–४ हस्नापुरकी १७ वर्षीया सन्ध्या परियारको मृत्यु भएको छ। सोमबारको भारी वर्षाका कारण स्थानीय हस्नापुर खोलामा बाढी आएका बेला सोही खोला तर्ने क्रममा बेलुका ५ः३० बजे उनलाई बाढीले बगाएको थियो। घटनालगत्तै प्रहरी टोलीले बगेको स्थानबाट १५० मिटर दक्षिणबाट उनको उद्धार गरेको थियो। उनको अवस्था गम्भीर रहेकोले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याएलगत्तै उनको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]