
काठमाडौँ – बुधबार देशको पहाडी तथा तराईका केही स्थानहरुमा मेघ गर्जन वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान माहाशाखाका अनुसार देशका पहाडी भू–भाग आंशिक देखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहने छ।
देशमा नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ।
यस्तै बुधबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमति, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रेदेशका एक दुई स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको संभावना रहेको छ।