२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २०, २०७९

धरानमा पुन चार दलीय गठबन्धन बनेको छ । सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै धरानको मेयर र उपमेयरमा उम्मेदवारी दिएको जनता समाजवादी (जसपा) पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउन सहमत भएपछि नयाँ सहमति भएको हो ।

सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको निर्देशनपछि मंगलबार जसपाले आफूले उठाएका मेयर र उपमेयरका उम्मेदवारलाई निष्क्रिय बनाएर गठबन्धनको उम्मेदवारलाई सघाउने सहमति भएको हो । सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मंगलबार लोकतान्त्रिक वाम गठबन्धनका नाममा ८ बुँदे सहमति गरेर सार्वजनिक गरेका छन् ।

जसअनुसार अव जसपाले गठबन्धनका मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार अइन्द्र बिक्रम बेघालाई सघाउने छ । धरानमा गठबन्धन दलहरूबीच मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति छ । नेकपा एकीकृत समाजवादीले पनि यसअघि धरानमा दिएको मेयर र उपमेयरको उम्मेदवारी फिर्ता लिइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]