२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २०, २०७९

बैशाख २०, २०७९ मंगलबार १३:४७:२३
काठमाण्डाै – तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ ।

नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि तिर्न नपाउँदा चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए।

तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नराेक्ने सहमति भएको छ । आज बिदा परेकाले सिफारिस हुन नसक्ने तर भोलिदेखि नै डलर सिफारिसको काम हुने आइस्पानका अध्यक्ष सुधिर पराजुलीले उज्यालोलाई जानकारी दिनुभयो ।

‘इन्टरनेट सेवा रोकिनु भनेको देश नै ठप्प हुनु जस्तै हो, सेवा जारी राखेरै समस्याको समाधान गर्नुपर्छ, डलर सिफारिस नरोकौँ ।’ मन्त्रीको भनाइ उदृत गर्दै पराजुलीले भन्नुभयो । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको टाटा, एयरटेल र सिफ्फी लगायतका कम्पनीबाट ब्यान्डविथ खरिद गर्दै आएका छन् ।

महालेखा परीक्षकको रिपोर्टमा भएको बेरुजुलाई आधार मानेर मन्त्रालयले डलर सिफारिस रोक्दा सेवा प्रदायकले विदेशी कम्पनीलाई रकम तिर्न पाएका थिएनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]