१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २०, २०७९

आन्तरिक उडानका १२ वटा जहाज काठमाडौंबाहिरै, फर्किन सकेनन्
वैशाख २०, २०७९
काठमाडौँ — काठमाडौं भित्रिने र बाहिरिने हवाई मार्ग (इनरुट) को मौसम सोमबार साँझ एकाएक खराब हुँदा एकै दिन १ सय ४ वटा आन्तरिक उडान रद्द भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, इनरुट, पश्चिमी भेग र काठमाडौं आसापासको मौसम खराब भएका कारण सोमबार साँझ ९ बजेसम्म १ सय ४ वटा आन्तरिक उडान रद्द भए ।

 

 

शेर्पाका अनुसार, सोमबार आन्तरिक उडान गर्ने ९ वटा वायुसेवा कम्पनीले आउने र जाने गरी ३ सय ३० वटा तालिका राखेका थिए । तर, खराब मौसमका कारण २ सय २६ वटा उडानमात्रै भए । विमानस्थलका अनुसार, बुद्धको ५०, यतिको १६, श्रीको १८, गुणको ६, सौर्यको ६, ताराको ४, समिटको २ र सिताको २ गरी १ सय ४ वटा उडान रद्द भएका छन् ।

 

‘दिउँसोसम्म मौसम ठिकै थियो,’ बुद्ध एयरका निर्देशक रुपेश जोशीले भने, ‘साँझपछी काठमाडौंको मौसम खराब हुदा उडानमात्रै रद्द भएनन् बाहिर गएका जहाज काठमाडौं फर्किन सकेनन ।’

प्रवक्ता शेर्पाका अनुसार, काठमाडौं फर्किनुपर्ने बुद्धका ८ र यतिका ४ वटा जहाज भद्रपुर, बिराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा र नेपालगंजमै ‘नाइट–स्टप’ मा परेका छन् ।

बुद्ध एयरको दिउँसो २ बजे पोखराबाट काठमाडौं आउने जहाज तनहुँ, गोरखा हुँदै काठमाडौं प्रवेश गर्ने इनरुटको मौसम अत्याधिक खराब भएका कारण भरतपुर पुगेर भारतीय सिमावर्ती क्षेत्र र वीरगंज हुँदै सिमराबाट काठमाडौं फर्किएको थियो । त्यस्तै पोखराबाट आएको यतिको जहाज काठमाडौंमा अवतरण हुन नसकेर भैरहवा फर्किएको थियो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय उडानतर्फ सोमबार ३२ वटा आउने र ३१ वटा जाने गरी ६३ वटा उडानको तालिका थिए ।

काठमाडौं विमानस्थल र इनरुटको मौसम खराब भएका कारण दिल्लीबाट आउँदै गरेको इन्डिगो, जापानबाट आउँदै गरेको नेपाल वायुसेवा निगम र दोहाबाट आउँदै गरेको कतार एयरवेजको विमान कम्तीमा १ घन्टा काठमाडौं बाहिरको आकासमा होल्ड (आकासमा फन्को लगाउने) मा परेका थिए । त्यस्तै अन्य अन्तर्राष्ट्रिय उडान पनि ढिलो भएको थियो । अन्तर्राष्ट्रिय उडान डाइभर्ट र रद्द भने नभएको प्रवक्ता शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]