डडेल्धुरा – नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका एक जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका हिक्मत बहादुर भण्डारीसहित दर्जनौ नेताकार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।
अजयमेरु गाउँपालिका–६ मा तत्कालिन निर्वाचनमा एमाले पार्टीबाट वडा अध्यक्षका उम्मेदवार बनेका भण्डारी सहित दर्जनौ कार्यकर्ता सोमवार काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । वडा नं. ६ को राजुलमा आयोजित नेपाली काँग्रेसको चुनावी कार्यक्रममा भण्डारी सहित अन्य वडा स्तरका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको गाउँपालिका अध्यक्षका उम्मेदवार टेकराज पाण्डेयले बताए ।
काँग्रेसबाट गाउँपालिका अध्यक्ष बनेका पाण्डेय सहित उपाध्यक्षका उम्मेदवार बसन्ती पाल, वडा अध्यक्षका उम्मेदवार हरि भण्डारी लगायतका काँग्रेस नेताहरुले भण्डारी लगायत अन्यलाई स्वागत गरेका छन् । लामो समय गैर सरकारी संघ संस्था, आमसञ्चार क्षेत्र, उद्योग, व्यवसाय क्षेत्रको नेतृत्व गरेका पाण्डेय यस पटक अजयमेरु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका छन । विभिन्न क्षेत्रमा गरेको कामको अनुभवले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्दै गर्दा अजयमेरु गाउँपालिका वासीको ठूलो अपेक्षा गरेको उनी निकट नेता कार्यकर्ताहरुको भनाई छ ।