०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १९, २०७९

भरतपुुर – पूर्वाधार विज्ञ सूर्यराज आचार्यले भरतपुर महानगरपालिकाको पाँच वर्षे नेतृत्वमा व्यवस्थित सहरी विकासको सोच नदेखिएको बताएका छन् । भरतपुर महानगर सडकलगायतका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको उनी बताउँछन् । भरतपुरमा वर्षेनी मान्छेको चाप अत्यधिक बढ्दै गएको अवस्थामा व्यवस्थित सहरी विकासलाई भने प्राथमिकता नदिइएको उनले बताए ।

‘भन्दा पूर्वाग्राही भएर भन्यो भन्लान् तर मैले एउटा विज्ञका रुपमा भन्नुपर्दा भरतपुर महानगरपालिका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको छ’, उनी भन्छन्, ‘भरतपुरको विकासले काठमाडौँको जस्तै गलत सहरी विकास समेटेको छ ।’

उल्टो गतिको विकासले पैसाको नाश मात्र भएको उनी बताउँछन् । ‘व्यवस्थित सहरी विकासको लागि पाँच वर्षे नेतृत्वमा त्यस्तो सोच देखिएन’, उनले भने, ‘म धेरै पटक भरतपुरमा आउने र बस्ने गरेको छु । पुराना ग्राभेल भएको बाटोमा पिच गर्ने काम मात्रै भएका छन् । अहिले भौतिक विकासको जुन शैली छ । त्यसलाई भविष्यका पुस्ताले स्वीकार गर्न सक्दैनन् ।’

काठमाडौँमा अहिले एक मिटर बाटो विस्तार गर्न फलामको चिउरा चपाए जस्तै हुने गरेको भन्दै उनले भरतपुर पनि त्यहि गतिमा हिँडेको बताए । व्यवस्थित सहरी विकासको लागि योजनाको स्पष्ट ‘ब्लु प्रिन्ट’ आवश्यक पर्ने उनी बताउँछन् । ‘हिलोमा हिँडेको मान्छेलाई सडक पिच भएपछि त धेरै नै भएको जस्तो लाग्ला । तर मैले राम्रो भएको छ भन्न सक्ने अवस्था छैन’, उनी भन्छन्, ‘उल्टो विकासलाई रोक्न भरतपुरलाई अझै पनि मौका छ ।’

पछिल्लो पाँच वर्षमा महानगरले बनाएका अधिकांश बाटोमा नाली छैन । करोडौं रुपैयाँ खर्चिएर फुटपाथमा टायल विछ्याइएको छ तर लाखमा उम्किने नालीको काम गरिएको पाइदैन । नाली नै नहुँदा बर्खामा सडक, घर, अस्पताल, सरकारी कार्यालयलगायतका संरचनाहरु डुबानमा पर्ने गरेका छन् ।

नयाँ कालोपत्रे गरिएका सडकमा समेत नाला बनाइएको छैन । पानीको निकास नहुँदा बर्खामा सरकारी कार्यालय पुग्ने सेवाग्राही हातमा जुत्ता लिएर कार्यालय प्रवेश गर्नुपर्ने बाध्यता छ । महानगरमा अब आउने जनप्रतिनिधिले दिगो विकासमा ध्यान दिनुपर्ने देखिन्छ ।
भरतपुर महानगरपालिकामा पछिल्लो पाँच वर्षमा धेरै विकास भएको चर्चा हुने गर्छ । भरतपुरका अधिकांश स्थानमा सडक पिच पनि भएका छन् । केहि ठाउँमा हुने क्रममा छ, तर घाम लाग्दा काला र चिल्ला देखिने सडक एकझरको पानीमा डुबानमा पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]