
मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद उल फितरको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
विशेष गरेर मस्जिदमा प्रार्थना गरेपछि विस्फोटनका घटनाहरू हुने गरेको पाइएको छ । ती घटनामा परी केहीको मृत्यु पनि भएको छ भने केही घाइते भएका छन् ।
तत्कालीन विद्रोही तालिबानले सत्ता कब्जा गरेर सरकार चलाउन थालेपछि मुलुकमा शान्ति कायम हुने अपेक्षा गरिए पनि फेरि हिंसात्मक घटना बढ्न थालेका छन् ।
अफगानिस्तानमा फेरि हिंसात्मक घटना बढ्न थालेमा अफगानी नागरिकसँगै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ ।देशमा सुरक्षा सतर्कता बढाउने क्रममा तालिबानका शीर्ष नेता र सरकारका उच्च पदाधिकारीहरूको सुरक्षामा विशेष ध्यान दिइएको छ ।