०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १९, २०७९

सरकारले जेठदेखि सातामा दुई दिन सरकारी कार्यालय बन्द गर्ने निर्णय गरे पनि अस्पतालका बहिरंग सेवा(ओपीडी) भने एक दिन मात्र बन्द रहनेछन् ।

अस्पतालहरुले आइतबार ओपिडी बन्द नगर्ने भएका छन् । उच्च स्रोतका अनुसार स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा अति आवश्यक हुने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आइतबार ओपीडी सेवा बन्द नगर्ने निषकर्षमा पुगेको छ ।

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री र सचिव अस्पतालहरुमा दुई दिने बिदाका पक्षमा छैनन् । ठूला अस्पतालका प्रमुखलाई बोलाएर पुनः एक पटक छलफल गरेपछि सम्पूर्ण स्वास्थ्य संस्थालाई पत्राचार गरिने उनले जानकारी दिए ।

ती अधिकारीका अनुसार अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारीलाई सट्टा विदा दिने गरी हप्तामा ६ दिन ओपीडी सेवा सञ्चालन गर्नेबारेमा छलफल भइरहेको छ ।

लगातार दुई दिन सार्वजनिक बिदा हुँदा बिरामी मारमा पर्ने भएकाले स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

उता, नेपाल चिकित्सक संघ (एनएमए) ले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा पनि उक्त बिदा लागू गर्न माग गरेको छ ।

चिकित्सकले परिवारलाई समय दिन नसकेको, सधैं काममा व्यस्त रहँदा मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले दुई दिन बिदाको निर्णय राम्रो भएको चिकित्सक संघको जिकिर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]