१८ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

आइतबार बिहान करिब ८ बजे विराटनगर विमानस्थलमा धुवाँको मुस्लो देखियो । दमकल र एम्बुलेन्स साइरन बजाउँदै दौडिए । नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, रेडक्रसकर्मी तथा सुरक्षाकर्मी पनि दौडिए ।

दन्किरहेको मुस्लोनजिक सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्वास्थ्यकर्मीले स्ट्रेचरमा घाइतेलाई बोकेर ल्याए । घाइतेहरुलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगियो । विराटनगर विमानस्थलमा देखिएको यो दृष्य बास्तविक भने होइन । जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास गरिएको हो ।

विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको एक्सरसाइज एयर–००४ कल साइन भएको जहाज चरासँग ठोक्किएपछि पुनः विराटनगरमै आपतकालीन अवतरण गराउनु पर्दा दुुर्घटना भएर जहाजमा आगो लागेको र धुवाँको मुस्लो छुटेको अभ्यासका क्रममा देखाइएको थियो । काल्पनीक जहाज दुर्घटनामा ४ जना यात्रुको मृत्यु भएको र ५ जना गम्भीर घाइते तथा अन्य सामान्य घाइते भएको देखाइएको विराटनगर विमानस्थका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।

विमानस्थलका प्रमुख उत्सवराज खरेलले जहाज दुर्घटना भएका बेलाको सम्भावित क्षति कम गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उद्धारको अभ्यास गरिएको बताए ।

उद्धार अभ्यासका क्रममा आधा दर्जनभन्दा बढी एम्बुलेन्स, दमकल, ठूलो संख्यामा सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी र एयरलाइन्सका कर्मचारी परिचालन गरिएको उनले बताए । दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रत्येक २ वर्षमा यस्तो अभ्यास गर्ने गरिएको खरेलले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]