
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ ।
केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए ।
आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनको भनाइ छ । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो ।
वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने उनलाई उद्धृत गर्दै गोरखापत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।
उनले भने, “यसअघि कतिपय ठाउँमा पानी पुग्न सकेको थिएन । वितरण प्रणालीमा १७ करोड लिटर पठाउँदा पाइप परीक्षण भइसकेका सबै ठाउँमा पानी पुग्नेछ । पानी पुग्न नसकेका ठाउँमा केयुकेएलको ¥यापिड रेस्पोन्स टिम पुगी छिटोभन्दा छिटो समस्या समाधान गर्नेछ ।”
वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा २७ करोड लिटर पानी वितरण हुनेछ ।