११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

मोरङको उर्लाबारीमा नग्न अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । सडेको अवस्थामा दुर्गन्धित शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी नगरपालिका–५ स्थित सञ्जीव तामाङको निर्माणाधीन घरको ढलमुनि शुक्रबार दिउँसो शव भेटिएको हो । शव उर्लाबारी–७ का अन्दाजी ४० वर्षीय ज्ञाने दर्जीको भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दर्जी ५ दिनदेखि बेपत्ता थिए । निवस्त्र अवस्थामा भेटिएको शव पोस्मार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डिएसपी श्रेष्ठको भनाइ छ । शरीरमा कुनै चोटपटक नरहे पनि घटना शङ्कास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान थालिएको उनले बताए ।

‘निर्माणाधीन घरको ढलमा निवस्त्र अवस्थामा पुरुषलाई मृत फेला पारिएको छ,’ श्रेष्ठले भने, ‘शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।’ प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटना यकिन हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]