११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

क्षेत्रीय विमानस्थल १८ घण्टा संचालन गर्ने निर्णय कार्यान्वयनमा आएको २४ घण्टा पनि नभइ स्थगित भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारबाट ७ वटा क्षेत्रीय विमानस्थलहरु बिहान ६ बजेबाट राति १२ बजेसम्म सञ्चालन थालेको थियो। प्राधिकरणको उक्त निर्णयप्रति वायुसेवा संचालक संघले आपत्ति जनाएको थियो । संघले राति ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न सक्ने अवस्था नरहेको जनाएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा शुक्रबार भएको वार्तामा विमानस्थल सञ्चालनको निर्णय तत्काल लागु नगर्ने सहमति भएको संघका प्रवक्ता योगराज कँडेलले बताए । निर्णय कार्यान्वयनसम्बन्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरको नेतृत्वमा अध्ययन समिति गठन गर्ने सहमति प्राधिकरण र संघबीच भएको छ। उक्त समितिमा एयरलाइन्स, संघ तथा प्राधिकरणका एक/एक जना प्रतिनिधि रहने छन् ।

प्राधिकरणले रात्रिकालीन उडान भइरहेका र उडान भर्न सक्ने क्षमता भएका विमानस्थलमा बिहीबारबाट सेवा थालेको थियो । प्राधिकरणले जेठ १५ गतेबाट अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]