११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

विराटनगरबाट तिर्थयात्री बोकेर गएको बस मुस्ताङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मुस्ताङको वारागुङ गाउँपालिका १ कागबेनीमा ना ५ ख २१४९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय एक महिलाको मृत्यु भएको हो। करिब ३८ वर्षीया मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ग७ प ५७२ नम्बरको स्कुटरमा सवार महिलालाई ठक्कर दिएपछि बस पल्टिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किँदै गरेका यात्रु सवार बसले कागबेनी जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको मुस्ताङका सहायक सीडीओ तथा सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए।

घाइते यात्रुको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई थप उपचारको लागि बाहिर लैजाने तयारी भइरहेको ढकालले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]