११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १५, २०७९

भक्तपुर – जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालयको नेतृत्वमा आज भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट क्षेत्रको खाद्यान्न, किराना तथा मासु पसलमा गरिएको अनगुमनमा म्याद गुज्रेका सामान बिक्रीमा राखेको पाइएको छ । अनुगमनमा म्याद गुज्रेको, लेबलिङ नभएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

अनुगमनमा चाँगुनारायण–२ रहेको देवी खाद्य उद्योगमा म्याद नाघेको ओखर, चाउचाउ, चकलेट जफत गरी नष्ट गरिएको छ । त्यस्तै सङ्ग्रिना स्टोरमा गरिएको अनुमगनमा म्याद नाघेको चाकु, बम, पप, सन गोल्ड बेस, तास लगायतका सामग्री जफत गरी नष्ट गरेको छ । दुवाकोटकै नारायणी खाद्य उद्योगमा गरिएको अनुगमनमा म्याद गुज्रिएको रु १५५० मा बिक्री गर्ने गृहणी चामल ६ बोरा जफत गरिएको छ । यस पसलबाट अमिलोलगायत अन्य सामानसमेत जफल गरी नष्ट गरी रु पाँच हजार जरिवाना गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।

त्यस्तै केएमसी किराना पसलमा मूल्य सूची नराखेको, म्याद गुज्रेका र बिक्री गर्ने सामान एकै ठाउँमा राखेको, बोर्ड नराखको पाइएको तथा म्याद गुज्रेको चिउरा जफत गरी नष्ट गरिएको छ । अनुगमनकै क्रममा च्वाङ्गा गणेश मिट सपमा फ्रोजन माछा, प्राउन, बफ सलामी जफत गरिएको जानकारी दिए । उनले अधिकांश पसलले म्याद गुज्रेका अखाद्य सामान बिक्रीमा राखिएको, पसल नवीकरण नगरिएको, मूल्य सूची नराखिएको, ढक तराजु नवीकरण नगरिएको, लेबलिङ र मिति नभएका सामान बिक्रीका लागि राखिएको, मूल्य सूची अद्यावधिक नगरेको पाइएको शर्माले जानकारी दिए ।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले बजार अनुगमन नियमित रुपमा गरिएको बताए । उपभोक्ता मञ्चका अध्यक्ष मनोजकुमार थापा, उद्योग वाणिज्य संघका विश्व दुवाल, यादवप्रसाद मिश्र, प्रहरीबाट प्रकाश घिमिरे, सुदन केसी, सञ्जिव न्यौपाने, हरिदत्त जोशी, पत्रकारलगायतको टोलीले अनुगमन गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]