११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १५, २०७९

गोरखामा रहेका सत्ता गठबन्धनका दलहरुले आगामी पालिका तह चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । उम्मेद्वारको मनोनयन फिर्ता लिने अघिल्लो दिन आज बिहान बसेको बैठकले गठबन्धन दलका नेताहरुबीच पटक-पटक छलफल गर्दा र केन्द्रको निर्देशन पश्चात पनि सहमति हुन नसकेकाले निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय गठबन्धनको बुधवार बैशाख १४ गतेको बैठकको निर्णय अनुसार गोरखाको कुनै पनि तहमा गठबन्धन बाहेकका दलहरुसँग तालमेल नगर्ने पनि निर्णय गरिएको छ । गठबन्धन दलहरुले सहमतिका लागि आगामी दिनमा छलफल जारी राख्ने निर्णय गरेका छन् ।

बैठकमा गठबन्धन संयन्त्रका संयोजक एवम् नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने एवम् सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, नेकपा एकीकृत समाजवादीका यादवबहादुर बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्टको सहभागीता रहेको थियो । संयन्त्र सदस्य बाहेक बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमाल, नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज जुद्धविलाश भण्डारी र नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]