११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १५, २०७९

निर्वाचन आयोगले प्रदेश १ का मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामग्री तयारी र व्यवस्थापनको काम सुरु गरेको छ ।

प्रदेशका सबै स्थानीय तहमा रहेका मतदान केन्द्रमा पठाउनका लागि निर्वाचन सामग्री तयारी अवस्थामा राख्नलाई व्यवस्थापनको काम सुरु गरिएको हो । प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले आसन्न स्थानीय तह निर्वाचनका लागि सामग्री व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार मतदान केन्द्रमा मतपेटिका, मतदाता नामावली र परिचयपत्र, स्वस्तिक छाप, रवर स्ट्याम्प, सुरक्षण शील, मतपेटिकामा टाँस्ने स्टिकर लगायतका निर्वाचन सामग्री पठाउनुपर्ने हुन्छ । मतदान केन्द्रमा विभिन्न ५८ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने अधिकारीले बताए ।

मतदान केन्द्रमा लैजान निर्वाचन सामग्री तयारी अवस्थामा राख्नलाई व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ । निर्वाचन सामग्री सम्बन्धित केन्द्रका मतदान अधिकृतले बुझेर लैजाने छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि सबै स्थानीय तहमा वैशाख २७ गतेसम्ममा निर्वाचन सामग्री पुर्याइसक्ने योजना रहेको अधिकारीले बताए ।

उनका अनुसार मतदान केन्द्रमा खटाउने कर्मचारी र उनीहरुलाई दिइने तालिमका बारेमा पनि छलफल भइरहेको छ । मतदान र सहायक मतदान अधिकृतको तालिमका विषयमा पनि आवश्यक तयारी भइरहेको अधिकारीले बताए ।

१७ वटा स्थानीय तह रहेको मोरङमा तीन सय मतदानस्थल र आठ सय २० वटा मतदान केन्द्र रहेका छन् । एक सय ३७ वटा स्थानीय तह रहेको प्रदेश १ मा एक हजार आठ सय ७७ मतदानस्थल र तीन हजार आठ सय ६३ वटा मतदान केन्द्रहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]