
भारतको तमिलनाडुको जन्जावुरमा एक मन्दिरको रथयात्राको क्रममा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएको छ।
भारतीय समाचार एजेन्सी एएनआईले यो घटनामा मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ।
तिरुचिरापल्लीका सेन्ट्रल जोन आईसजी वी बालाकृष्णनका अनुसार यो घटनामा थप १५ जना मानिसहरु घाइते भएका छन्।
वार्षिक उत्सवको क्रममा रथले हाइ भोल्टेज तारलाई छुँदा यो दुर्घटना भएको हो।