१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १४, २०७९

मोरङको पथरीशनिश्चरेमा रहेका दुई क्लिनिकबाट प्रहरीले दुईजना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ।

पथरीशनिश्चरेस्थित श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतीय नागरिक २७ वर्षीय पर्सनजित बर्मन र मोरङको सुन्दरहरैंचा–३ मा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालन भारतको दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुसँग चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमणपत्र पाइएपछि पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

‘आवश्यक कागजातबिनै उनीहरुले क्लिनिक सञ्चालन गरेको सूचनाको आधारमा हामीले अनुसन्धान गरेका थियौँ,’ एसपी कोइरालाले भने, ‘उनीहरुसँग आवश्यक कागजात फेला परेन। दुबै नक्कल चिकित्सक भएको पाइएपछि पक्राउ गरेका हौँ।’

उनीहरुलाई जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]