१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १३, २०७९

एजेन्सी – विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी एक जापानी महिलाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ।

काने तानाका सन् १९०३ मा जन्मिएकी थिइन्। जोर्ज ओर्वेलको जन्म पनि त्यही वर्ष भएको थियो। त्यतिबेला जापान शक्तिराष्ट्रका रूप बन्ने क्रममा थियो।

उनको विवाह १०० वर्षअघि भएको थियो। उनका चार सन्तान थिए।

केही वर्षदेखि उनी एउटा स्याहारगृहमा बस्थिन्। उनलाई बोर्ड गेम र चकलेट असाध्यै मन पर्थ्यो।

दिनचर्या के थियो?
उनको मृत्यु भएपछि फ्रान्सकी एक इसाई संन्यासिनी सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्। उनी अहिले ११८ वर्षकी भइन्।

उनको जन्म भएको वर्ष संयुक्त राज्य अमेरिकामा थिओडोर रूजभेल्ट राष्ट्रपति थिए भने एड्वर्ड सप्तम ब्रिटिश राजगद्दीमा थिए। राइट बन्धुहरूले त्यही वर्ष विमानको उडान गरेका थिए अनि टूर डे फ्रान्स आरम्भ भएको थियो।

त्यसको अर्को वर्ष रुसले जापानविरुद्ध युद्ध सुरु गर्‍यो तर नराम्ररी पराजित भयो।

तानाकाका आमाबुवाका नौ सन्तान थिए। तीमध्ये उनी सातौँ थिइन्। उनको विवाह १९ वर्षको उमेरमा भयो। उनले चाउचाउ पसल सञ्चालनसहित विभिन्न व्यवसाय गरिन्।

बिहे हुनुअघि उनले आफ्ना पतिलाई कहिल्यै भेटेकी थिइनन्। उनका पति सन् १९३७ मा भएको चीन-जापान युद्धमा सहभागी भएका थिए। द्वितीय विश्वयुद्धमा जापानी सेनाबाट लडेका उनीहरूका छोरालाई सोभियत सङ्घले बन्दी बनाएको थियो।

तानाका टोक्यो ओलिम्पिक्सको बेला मसाल र्‍यालीमा सहभागी हुने योजना बनेको थियो। तर कोभिड महामारीका कारण उनी त्यसमा सहभागी हुन सकिनन्।

गुलियो कुरा असाध्य मन पराउने तानाका स्याहारगृहमा बिहान सबेरै उठ्ने गर्थिन्। गणित र कलात्मक हस्तलिपिमा उनी समय व्यतीत गर्थिन्।

सन् २०१९ मा विश्वकै सर्वाधिक उमेरको व्यक्तिका रूपमा उनलाई प्रमाणित गर्न आयोजित कार्यक्रममा सहभागी हुँदा उनी धेरै प्रसन्न देखिन्थिन्।

विश्वमा सबैभन्दा बढी समय जीवित रहने उपाधि एक फ्रान्सेली महिलाको छ। सन् १९९७ मा मृत्यु हुँदा उनको उमेर १२२ वर्ष १६४ दिन थियो।

जापानमा धेरै वृद्धवृद्धा
जापानमा वृद्धवृद्धाको जनसङ्ख्या धेरै छ।

कुल जनसङ्ख्याको एकचौथाई व्यक्तिको उमेर ६५ वर्ष वा त्योभन्दा माथि छ।

राम्रो पोषण, स्वास्थ्यसेवा तथा वार्धक्यमा पनि क्रियाशील जीवन व्यतीत गर्ने भएकाले जापानीहरूको आयु बढी भएको मानिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]