
एजेन्सी – अमेरिकाले अनुभवी कूटनीतिज्ञ ब्रिजेट ब्रिंकलाई युक्रेनको राजदूत बनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ब्रिंकले आगामी दिनमा विगत तीन वर्षदेखि खाली रहेको महत्वपूर्ण पद सम्हाल्ने घोषणा गरेको थियो।
अमेरिकाले युक्रेनलाई रुससँग लड्न सकेसम्मको सहयोग दिने वचन दिएको छ।
सोही अनुसार विभिन्न चरणमा उसले सहयोग उपलब्ध पनि गराइरहेको छ। यस्तो अवस्थामा अमेरिकाले युक्रेनका लागि कूटनीतिमा २५ वर्षको अनुभव भएकी ब्रिंकलाई चुनेको हो।
ब्रिंकले अहिले स्लोभाकियाको लागि अमेरिकी राजदूतको रुपमा काम गरिरहेकी छिन्।
ह्वाइट हाउसले ब्रिंकसँग कूटनीतिक क्षेत्रमा लामो अनुभव भएकाले युक्रेनको इतिहासकै महत्वपूर्ण समयमा यो पदका लागि उनी योग्य रहेको बताएको छ।