
काठमाडाैं – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा हेलिकोप्टर लिएर उम्मेदवारी दर्ता गराउन पुगेका कांग्रेस उम्मेदवार कार्यकर्ताबाट कुटिएका छन् ।
नगरपालिका प्रमुखमा उम्मेदवारीका लागि पुगेका धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिएका हुन् ।
कार्यकर्ताले हातपात गरेपछि उनलाई प्रहरीले सुरक्षित स्थानमा लगेका थिए ।
टिकट बाँडफाँडको विषयलाई लिएर कांग्रेसमा विवाद छ ।