१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

काठमाडौं – काठमाडौं महानगरपालिका–३२ कोटेश्वर स्थित नरेफाँटमा डेरामा बस्ने प्रमिला तामाङको घरमा वैशाख ७ मा गोली र नक्कली सुन भेटियो । सुनमाया श्रेष्ठको घरमा डेरा लिएर बसेकी प्रमिला लामो समय सम्म नआएपछि घरधनीको आग्रहमा महानगरपालिकाले कोठा खाली गराएको थियो ।

कोठा खाली गराउँदा पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली र ‘१ केजी फाइन गोल्ड’ लेखिएको पहेँलो धातु फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले त्यसबारे अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट सो डेराधनी भोजपुर नगरपालिका–१ घर भएकी ३५ वर्षीया प्रमिला तामाङ र गोरखा घर भएका ३३ वर्षीय विशाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । डेराबाट बरामद गरिएको धातु नक्कली सुन रहेको परीक्षणबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सो डेरामा नेपाली सेनाको जर्सी र नसिलाएको कम्ब्याट पनि भेटिएको थियो ।

गौशाला स्थित एक होटलबाट पक्राउ परेकी प्रमिलाले सैनिक अधिकारीसँग विवाह गरेकी थिइन् । ती सैन्य अधिकृतसँग डिभोर्स भएको र कोठामा भेटिएको गोली उनले नै छाडेको प्रमिलाले प्रहरीलाई बताएकी छिन् । प्रमिलासँगै पक्राउ परेका विशाल काठमाडौँको गोङ्गबुमा बस्छन् ।​आरोपीहरू विरुद्ध प्रहरीले हातहतियार तथा ‘ठगी गर्ने नहुने’ कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]