
भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रुखमा चढेर घाँस झार्ने क्रममा करेन्ट लागेको हो । भोजपुर नगरपालिका वडा नम्वर १२ मोहरियामा करेन्ट लागेर जिल्लाको रामप्रसादराई गाउँपालिका–७ आरीखोला घर भई मोहरिया बस्दै आएका २५ वर्षीय गणेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बिहान पौने ७ बजे थापालाई काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगाले लाग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट परिचालन भएको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पूरा गरी घटनाका विषयमा थप अनुसन्धान जारी राखेको भोजपुर प्रहरीले जनाएको छ ।