११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

काठमाडौं – जननिर्वाचित वडाध्यक्षदेखि मालपोत अधिकृतसम्मको मिलेमतोमा धर्मशालाका वृद्धलाई नक्कली जग्गाधनी खडा गरेर जग्गा हत्याउने गिरोहका ७ जना जेल चलान भएका छन्। तीन जनासँग धरौटी माग भएको छ।

झापाको बाह्रदशी गाउँपालिका–३ का ३९ वर्षीय मंगलसिंह राजवंशी, नापी कार्यालयका पूर्वकर्मचारी तथा नमस्ते होटल चन्द्रगढीका सञ्चालक भद्रपुर–७ का ५२ वर्षीय नवीन कोइराला, तिवारीभन्ज्याङ–२ भोजपुरका ३७ वर्षीय सुशील भनिने बलराम विश्वकर्मा पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

त्यसैगरी बिर्तामोडमा ट्रयाक्टर शोरुम सञ्चालन गर्ने तथा जग्गाको कारोबार गर्ने झापाको अर्जुनधारा नगरपालिका–५ का ५३ वर्षीय लेखनाथ खनाल, दोभान कन्स्ट्रक्सन कम्पनी बिर्तामोडका सञ्चालक ३४ वर्षीय मिलन भनिने गोविन्द वान्तवा, बिर्तामोड–१० का ७१ वर्षीय देवीप्रसाद पाण्डे, बिर्तामोड–४ की ३३ वर्षीया रञ्जु राईलाई पनि जिल्ला अदालत झापाले पुर्पक्षका लागि जेल चलान गरेको हो।

शिवसताक्षी नगरपालिका–८ का नेपाल विद्युत् प्राधिकरण फिक्कल शाखाका कर्मचारी ४२ वर्षीय भुपवेद कटुवाल र बाह्रदशी–५ कै जग्गा कारोबारी ५० वर्षीय लिलाधर राजवंशीलाई भने १ लाख ५० हजार धरौटी माग भएको छ। धरौटी तिर्न नसकेपछि उनीहरुलाई पनि कारागार चलान गरिएका झापाका डिएसपी राकेश थापाले बताए। उर्लाबारी–४ मोरङका ४८ वर्षीय राजन विश्वकर्मालाई ५० हजार धरौटी माग भएकोमा धरौटी तिरेर रिहा भएको थापाले बताए।

यो भूमाफियाको समूहले अदालतदेखि मालपोत कार्यालय र वडा कार्यालयसम्मका व्यक्तिलाई प्रभावमा पारेर भूमाफियाले झापाको बिर्तामोड नगरपालिका–१ स्थित अदुवा पुल नजिकको जग्गा हत्याएको थियो।

टुंगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को १ कट्ठा १३.७५ धुर जग्गा बिर्तामोड–१ को पूर्व–पश्चिम राजमार्गमा जोडिएको थियो। जग्गाधनी टुंगबहादुरको निधन भएपछि उनको नागरिकतामा भएको विवरण समावेश गरी भूमाफियाले धमैशालाका वृद्ध देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर खडा गरे।

नक्कली टुंगबहादुर खडा गरेर नक्कली नागरिकता बनाउन सफल भएपछि यो समूहले गत भदौ २८ गते काठमाडौं जिल्ला अदालतबाट झापा बाह्रदशी गाउँपालिका–३ घर भइ हाल बिर्तामोड नगरपालिका–२ चैतबारी बस्ने मंगलसिंह राजवंशीका नाममा वारिसनामा बनाउन सफल भएको थियो।

मंगलसिंहको वारिसनामामार्फत झापाको बिर्तामोड नगरपालिका–४ बस्ने रञ्जु राईको नाममा गत माघ २१ गते राजीनामा पास गरी यो जग्गा हत्याएको अनुसन्धानबाट खुलेको थियो। यही प्रकरणमा जोडिएका वडाध्यक्षदेखि मालपोत अधिकृतसम्म ६ जना फरार छन्।

कीर्ते कागजात बनाउन सहयोगी भूमिका निभाउने वडाध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत चेतन अधिकारी फरार छन्। त्यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरकै तत्कालीन नायव सुब्बा हरि तिवारी, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–७ का ५६ वर्षीय बेगप्रसाद कोइराला, खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका–११ का ३२ वर्षीय देवबहादुर विष्ट, भद्रपुर ७ का ५३ वर्षीय प्रकाश कार्की अहिलेसम्म फरार छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]