१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन्। कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आज तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, शुक्लागण्डकी नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील विक र शुक्लागण्डकी नगरपालिका–३ बस्ने ४७ वर्षीय होमबहादुर विक रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

ढुङ्गानाको शव शनिबार शुक्लागण्डकी नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा भेटिएको थियो। शुक्रबारदेखि हराएका उनको खोज कार्यका लागि प्रहरीले प्रहरीमा निवेदन दिएका थिए।

प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ परेकालाई आजै तनहुँ जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]