१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

राजबिराज – बिराटनगर महानगरपालिकाको आयोजनामा गत चैत्र २२ गते देखि २६ गते सम्म आयोजित मेयर कप अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत बिजेता राजबिराज नगरपालिकाका क्रिकेट खेलाडिहरुलाइ एक कार्यक्रमको आयोजना गरि राजबिराज नगरपालिकाद्धारा सम्मानित गरिएको छ ।

आईतवार सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवद्धारा टोलिका १८ जना खेलाडि तथा अफिसियललाई जनहि १५ हजार बरावरको क्रिकेट सामाग्रि हस्तान्त्रण गरिएको छ । जस अन्र्तगत जनहि खेलाडिलाई क्रिकेट ब्याट, प्याड, ब्याटिंग ग्लोब्स, थाई गार्ड, किट ब्याग लगायतका सामाग्रि बितरण रहेकोे छ ।

प्रतियोगितामा प्रदेश नं. १ का बिराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिकाको सहभागिता रहेको थियो भने मधेश प्रदेशका बिरगंज महानगरपालिका, जनकपुर उपमहानगरपालिका तथा राजबिराज नगरपालिकाको सहभागि रहेको थिए । प्रतियोगिता अन्र्तगत फाईनलमा राजबिराज नगरपालिकाले जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको थियो । उपाधि संगै राजबिराज नगरपालिकाको टोलिले १ लाख १ हजार समेत प्राप्त गरेका थिए ।

कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, राजबिराज नगरपालिकाका लेखा प्रमुख शत्रुघन दास, लेखापाल जयराम यादव, स्वास्थ्य शाखा प्रमुख निरन्जन यादव, पशुपंक्षि बिकास शाखाका प्रमेश्वर यादव, सुचना अधिकृत सुरेश यादव, अन्तराष्ट्रिय खेलाडिद्धय महवुव आलम तथा बिवेक यादव लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखाका भगवति बिकले गरेका थिए ।



तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]