१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

धनगढी – कैलालीको कैलारी गाउँपालिकाको एक बस्तीमा आगलागी भएको छ। कैलारी गाउँपालिका–७ विपतपुर (सुकुम्बासी) बस्तीमा आगो लागेको हो।

आगलागी अझै नियन्त्रणमा आइसकेको छैन। गहुँको नल ढडाउन लगाइएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ।

टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका रामपुरका भलमन्सा रामलाल चौधरीले बताए।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले आगलागीबाट भएको क्षतिको यकिन हुन नसकेको बताए।

‘अहिले म र सिडियो’साप घटनास्थलतर्फ गइरहेका छौं। धनगढी र टीकापुरको दमकल आगो नियन्त्रणको प्रयास गर्दैछन्, अन्य स्थानीय तहको दमकम पनि मगाइरहेका छौं,’ उनले भने।

आगलागीबाट अहिलेसम्म करिब ४० घर जलेको खबर प्राप्त भएको एसपी राठौरले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]