०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९
Sorry No Photo is selected hare

कर्णाली – स्थानीय चुनावका लागि कर्णाली प्रदेशका नौ जिल्लामा सत्तारूढ पाँच दलीय गठबन्धनले भागबण्डा गरेको छ।

चार दिनदेखिको छलफलपछि आज भागबण्डा मिलेको छलफलमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता अम्मरबहादुर थापाले बताए। कर्णालीका १० जिल्लामध्ये नौ जिल्लामा मिलेर चुनाव लड्ने सहमति बनेको हो। रुकुम पश्चिममा भने सहमति जुट्न सकेन।

दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा भागबण्डाका विषयमा शनिबार नै सहमति जुटेको थियो। कालिकोट र सुर्खेतमा पनि सहमति बनेको उनले बताए। “सुर्खेतको विषयमा पनि करीब करीब कुरा मिलिसकेको छ,” थापाले हिमालखबरसँग भने, “अब केही समयमा संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं।”

पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा २०७४ सालको चुनावमा कांग्रेसले ६ वटा स्थानीय तहमा प्रमुख र पाँच वटामा उपप्रमुख जितेको थियो।

त्यस्तै, रुकुम पश्चिममा भने माओवादीको एकलौटी छ। सुर्खेतमा माओवादीले जितेको थिएन भने रुकुम पश्चिममा कांग्रेसले जितेको थिएन।

माओवादीले कांग्रेसलाई रुकुममा जितेको ठाउँ दिंदा कांग्रेसले पनि सुर्खेतमा आफूले जितेको ठाउँ माओवादीलाई दिनुपर्ने माग गरेको थियो। जसले गर्दा सहमति बन्न सकेको थिएन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]