१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

काठमाडौँ – पछिल्लो समय गीतसंगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ ।

विशेषत: भिडियोसँग जोडिएको सामाजिक सञ्जालमा गीतसंगीतको भिडियो देख्न पाइन्छ । सुरुवाती समयमा भिडियो सेयरिङ प्लेटफर्म टिकटकले गीतसंगीतलाई प्रचारप्रसार गर्‍यो । सर्जक पनि प्रचारप्रसारकै लागि यसमा जोडिए । टिकटकले सुरुवाती समयमा सर्जकको कामहरुलाई प्रचारमा सघाएको पनि हो । तर, पछिल्लो समय यो घातक पनि बनिरहेको छ । प्रचारप्रसार हुने टिकटकमा आजभोली फिल्मका दृश्यहरू देख्न पाइन्छ ।

पछिल्लो समय दक्षिण भारतीय फिल्म ‘पुष्पा’ को आधिकांश दृश्यहरु टिकटकमा भेटिए । गीत श्रीवल्लीसँगै फिल्मका डायलगहरु टिकटकमा जताततै भेटिए । त्यही क्रमले आरआरआर र केजीएफ : च्याप्टर २ मा समेत निरन्तरता पायो । फिल्मका आधिकांश दृश्यहरु टिकटकमा भेटिए । ती दृश्यहरुलाई जोड्ने हो भने संवत: फिल्मनै टिकटकमा पाइन्छ ।

विदेशी मात्र होइन स्वदेशी फिल्म ‘ए मेरो हजुर ४’ को पनि क्लाइमेक्स टिकटकमा फैल्यो । यो फिल्मले त छायांकनकै क्रममा भाइरल भएको दृश्यलाई टिकटकबाट हटाउन सकेन । सजिलै संगीत वा दृश्यलाई टिकटकमा राख्न सकिने भएकाले पनि यो पछिल्लो समय सर्जकको टाउको दुखाइ बन्दै छ ।

‘ए मेरो हजुर ४’ हेरेका दर्शकहरुको प्रतिक्रिया लिन हल पुगेका अभिनेता अनमोल केसी र सुहाना थापाले टिकटकमा फिल्मका दृश्यहरुलाई नराख्न आग्रह समेत गरे । ‘फिल्मको महत्वपूर्ण दृश्यहरुलाई पहिले देख्दा दर्शकलाई फिल्म खल्लो लाग्न सक्छ वा फिल्मको कथा नै थाहा हुन् सक्छ’ अनमोलले भने, त्यसैले गर्दा सबै दृश्यलाई टिकटकमा नराखी दिनुहोस् ।’

यही समस्या दक्षिण भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ मा समेत देखियो । फिल्मको क्लाइमेक्सको दृश्य टिकटकमा हेरेर फिल्म हेर्न गएका दर्शकले खल्लो महसुस गरेका छन् । सुरुवाती समयमा प्रचारप्रसारमा सघाएको टिकटक जस्ता साइटहरु पछिल्लो समय भने सर्जकको टाउको दुखाइ समेत बनिरहेका छन् ।

गीतसंगीतलाई लाभ दिएता पनि फिल्मलाई भने टिकटकले पछिल्लो समय हानी गरिरहेको छ । प्रतीक्षित फिल्मको महत्वपूर्ण दृश्यहरु टिकटकमा देखिँदा फ्यानलाई फिल्म नै खल्लो लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]