१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

काठमाण्डाै – मध्य र पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाका अनुसार केही दिनयता मध्य र पश्चिम तराईमा बिस्तारै तातो हावा चल्ने र तापक्रम बढ्ने क्रम चलिरहेको छ ।

पश्चिमी वायुको प्रभाव र यी क्षेत्रका धेरैजसो ठाउँमा डढेलो लागेकाले तातो हावा चल्न थालेको उहाँले बताउनुभयो । कञ्चनपुर, कैलाली, नेपालगञ्ज, दाङ, कपिलवस्तु, भैरहवा लगायत जिल्लामा तातो हावा चल्ने क्रम बढेको छ ।

आउँदो बुधवार र बिहीवारसम्म नै यी जिल्लामा तातो हावा चल्ने अनुमान गरिएको मौसमविद् सापकोटाले जानकारी दिनुभयो । तातो हावासँगै तापक्रम पनि बढिरहेकाले मध्य र पश्चिम तराईको जनजीवन कष्टकर हुन थालेको छ ।

मौसमविद्ले सकेसम्म दिउँसोको समयमा घर बाहिर ननिस्कन आग्रह गरेका छन् । आउँदो बुधवार र बिहीवारपछि भने हल्का पानी पर्ने र तापक्रम केही घट्ने अनुमान गरिएको छ । यस्तै, यस विषयमा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै निकालेर जानकारी गराउने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]