१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १०, २०७९

मोरङको पथरीशनिश्चेरमा ट्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका एक जनाको शुक्रबार राति मृत्यु भएको छ ।

दुर्घटनामा परेर पैदल यात्री मोरङको रतुवामाई नगरपालिका–२ इटहराका ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रसाद गौतमले बताए । उनका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले राति ९ बजेतिर पथरीशनिश्चरे–३ आइतबारेस्थित भित्री सडकखण्डमा भण्डारीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल अस्पताल एण्ड ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सडक पार गर्दै गरेको अवस्थामा भण्डारीलाई ट्याक्टरले ठक्कर दिएको हो ।

डिएसपी गौतमले ट्याक्टर र चालक पथरीशनिश्चरे–२ का २३ वर्षीय अमृत लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार लिम्बूको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परेन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]