१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ०९, २०७९

काठमाडौँ – अभिनेत्री वर्षा सिवाकोटीले पनि गुपचुप रुपमा नै विवाह गरेकी छिन् । आफन्तहरु र अत्यन्त निकट साथीभाइलाई बोलाएर उनले शुक्रबार विवाह गरेकी हुन् ।

उनले अमेरिकामा बसोबास गर्ने आशिष नामका युवासँग विवाह गरेकी हुन् ।

वर्षा केही समयदेखि आशिषसँग प्रेममा थिइन् । उनीहरुको विवाह नागार्जुनमा रहेको एक रिसोेर्टबाट भएको हो ।

विवाहलाई गोप्य राख्ने प्रयास गरेकाले वर्षाका विवाहका तस्वीर बाहिर आएका छैनन् । यसअघि अर्की अभिनेत्री केकी अधिकारीले पनि गुपचुप विवाह गरेकी थिइन् । बिहीबार केकीले सामाजिक सन्जालमा विवाहका तस्वीर राखेकी थिइन् ।

यसअघि अभिनेता राज कटुवालसँग प्रेम सम्बन्धमा रहेको भनिएकी वर्षा र राजको सम्बन्ध केही समयअघि मात्र टुटेको थियो । त्यसपछि उनी अमेरिका पुगेकी थिइन् । अमेरिकाबाट फर्किएको केही दिनमा नै वर्षाले विवाह गरेकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]