
सप्तरी – कर्तव्य ज्यान मुद्दाका २० वर्ष कैद सजाय ठहर भएकी प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डललाई बिहीबार पक्राउ गरिएको सप्तरीका एसपी अभिनारायण काफ्लेले रातोपाटीलाई बताए ।
जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ मा उनलाई २० वर्ष कैद ठहर गरेको थियो । उनलाई राजगढ गाउँपालिका–५ मलेखपुरमा लुकेर बसेको अवस्थााम पक्राउ गरिएको एसपी काफ्लेले बताए ।
रानी देवीले २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ मा हत्या गरेर हनुमाननगर राजविराज सडकको खाँडो फालेकी थिइन् । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजविराज पठाइएको छ ।